Swornakshar Logo

वायुसेवा निगम उच्च जोखिममा

२९ कार्तिक ।

काठमाण्डौं । नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । बिहीबार अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् ।

खरेलले स्वेतपत्रमा भने, ‘वायु सेवा निगमको जहाजको तिर्नुपर्ने कर्जा ३२.८७ अर्ब रहेको छ । निगमको दीर्घकालीन कर्जा र जम्मा पूँजी ३९.८२ रहेकोले निगम उच्च जोखिममा रहेको छ ।’

कर्जा तिर्नका लागि निगमले वाषिर्क १०.५० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने हुँदा निगमलाई उच्च किस्ता तिर्नुपर्ने भएकाले यसले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर परेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

‘तसर्थ वित्तिय सूचकांकहरूलाई निगम अनुकुल बनाउन तुरुन्त नेपाल सरकारबाट पूँजी लगानी भित्र्याई वित्तीय जोखिम न्युनीकरण गरी निगमको विश्वसनीयता कायम गर्नुपर्ने देखिन्छ’, स्वेतपत्रमा भनिएको छ ।