Swornakshar Logo

काठमाडौं क्षेत्र नं ७ मा नेकपाले चुनाव जित्छः प्रचण्ड

२४ असोज ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नं ७ मा नेकपाले चुनाव हार्ने होइन् चुनाव जित्ने नेकपा नै हुने बताएका छन् । बुधबार काठमाडौंमा दशैं,दिपावली एवम छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले भने, अहिलेको युग कनेक्टिभिटीको युग हो ।

राजनीतिक नेतृत्वको भिजनका कारण हामी पछाडी परेको र हामी अझै पनि झगडा गरेर बसीरहयो भने देश अझै ७० बर्ष पछाडी पर्ने उनले बताए ।कम्युनिस्टको एकताबाट देश समृद्धि हुन्छ भनेर एकता गरेका हौं । जनताको आसा भरोसाको म ऋणी छु ।

दुई तिहाईको सरकार छ, यो भन्दा ठुलो अवसर मेरा लागि अब आउँदैन यो अवसरलाई दण्डहिनता तर्फ बढन दिनु हुँदैन भन्ने उनको भनाई थियो । सरकारले राम्रा काम पनि गरेका छन् त्यसको पनि चर्चा हुन जरुरी छ । सरकारले जन चाहना अनुसार काम गर्न सकेको छैन अब समिक्षा गर्दैछौ उनले भने ।

यस्तै सो कार्यक्रममा नेपाली काँग्रेसका केन्दीय सदस्य तथा प्रभावशाली नेता शेखर कोइरालाले भने देशी विदेशीलाई आरोप लगाएर सरकारलाई उम्कने छुट नभएको बताएका छन् । देशमा सुशासन दिन पैसा चाहिन्छ र आज जतात्यतै अराजकता बढेर गएको छ महङगी, भ्रष्टाचार बढेको छ ।

देशमा अहिले दुई तिहाईको सरकार छ, समाजवादमा चिनीको मुल्य यही हो रु मुल्य बढेर समाजवाद आउने हो रु उनले भने । उखु किसानले उखुको मुल्य पाएको छैन् यसमा एक मात्र होइन् हामी सबै दोषि छौं उनले बताए । बलात्कार जस्ता जधन्य हिंसा बढेको छ अढाई महिनादेखि निर्मला पन्तको हत्यारा समात्न सकिएको छैन् उनले भने ।

बलात्कार पुँजीवादले होईन दण्डहिनताले भएको कोइरालाले बताए । दुई तिहाईको सरकारलाई विकास गर्न कसले रोकेको छ । भ्रष्टचार रोक्न कसले रोकेको छ उनले प्रशन गरे ।