Swornakshar Logo

नेकपाको सचिवालय बैठकमा छलफलको लागि प्रवेस भयो माधव नेपालको असहमति पत्र

२२ असोज ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असहमति पत्रमाथि छलफल हुने भएको छ ।
यहि असोज १२ गते दुई अध्यक्ष विदेश भएको समयमा मनपरि तरिकाले सचिवालयमा निर्णय गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिको भेला बोलाएका थिए । त्यहि भेलामा उनले एउटा असहमति पत्र तयार गरेका थिए ।
त्यहि असहमति पत्र १२ गते नै महासचिव विष्णु पौडेलमार्फत सचिवालयमा दर्ता गराएको नेपाल निकट नेता बेदुराम भुसालले जानकारी दिए ।
दुई जना अध्यक्षले मनमानि तरिकाले पार्टी संचालन गरेको आरोप नेपालले लगाउदै आएका छन् । आज बसेको सचिवालयको बैठकमा असहमति पत्रमाथि पनि आउदो बुधबार छलफल हुने एक सचिवालय सदस्यले बताए ।
सचिवालयले गरेका कयौ महत्वपूर्ण निर्णयहरु स्थायी समितिबाट अनुमोदन गराउनु पर्छ भन्ने नेपालको माग रहेको छ ।
बुधबार बस्ने सचिवालय बैठकले प्रदेश समिति,जिल्ला समिति र जनवर्गीय संगठनको गठनको बारेमा एजेण्डा तयर भएकाले निर्णय हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यहि दिनको बैठकले स्थायी समितिको बैठकको मिति तोक्ने बताएको छ ।