Swornakshar Logo

नेकपाको सचिवालयको बैठक २१ गते बस्ने

१९ असोज ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक यहि असोज २१ गते बस्ने भएको छ ।
दुई अध्यक्षद्धयबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएपछि २१ गते बैठक बस्ने निर्णय गरेको प्रचण्डका प्रेससंयोजक विष्णु सापकोटाले बताए ।
सचिवालयको निर्णय प्रति सचिवालका सदस्हरुले नै असहमति राख्न थालेका छन् । केहि दिन पहिला वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको बैठकका निर्णयहरु स्थायी समितिबाट अनुमोदन गर्नु पर्ने बताएका थिए ।
केहि दिन पहिला दुबै अध्यक्षद्धय सचिवालयको बैठक सकेर विदेश गएका थिए । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका गएका थिए । उनी १२ दिने भ्रमण सकेर बिहिबारमात्र स्वेदश फर्केका हुन । अर्का अध्यक्ष प्रचण्ड पनि पत्नी सीता दाहलको सिंङ्गापुरमा उपचार गरेर केहि दिन पहिला स्वेदश फर्केका थिए ।
यो भन्दा पहिला बसेको सचिवालयको बैठकले नेकपाका सातै प्रदेशका इन्चार्ज,अध्यक्ष ,सहइन्चार्ज र सचिव तोकेको थियो । त्यो समयमा माधवकुमार नेपाल घानामा थिए भने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ चाइनामा थिए । उक्त निर्णयलाई स्थायी समितिबाट अनुमोदन गर्नु पर्ने नेपालको माग रहेको छ ।
नेपालले दुबै अध्यक्ष विदेशमा भएको समयमा पार्टी भित्र बढेको एकमनावादी प्रवृतिको विरोध गदै वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति सदस्यहरुको भेला बोलाएर सुझाव मागेका थिए ।