Swornakshar Logo

आजबाट अधिवेशन अन्त्य हुँदै

११ असोज

काठमाडौं । संसद् सचिवालयको संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । यही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्र मार्फत् जानकारी गराएको छ ।

संसद् सचिवालयमा राष्ट्रपति कार्यालयबाट अधिवेशन अन्त्यको पत्र प्राप्त भएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर अधिवेशन अन्त्यको घोषणा गर्ने कार्यतालिका छ ।

गत वैशाख २३ बाट शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आज सहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य हुन लागेको संसद सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्था अनुसार अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबिचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन । तर एक चौथाइ सदस्यले बैठक आह्वानका लागि लिखित आग्रह गरेमा बोलाउनुपर्ने प्रावधान छ ।