श्रीमति सीताको उपचारको लागि प्रचण्ड सिंगापुर जाँदै

१० असोज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड आज श्रीमति सीता दाहालको उपचार गराउन सिंगापुर जाँदैछन् ।
उनीहरु आज राति सिंगापुर उड्ने उनका प्रेस संयोजक विष्णु सापकोटाले खबरसाइडलाई बताए ।
यसअघि सीताको उपचार सिंगापुरको एमवी एलिजाबेथ अस्पतालमा गराइएको थियो । सिंगापुरमा उपचार पछि दाहालको स्वाथ्य अवस्थामा सुधार आएको थियो । उनलाई सिंगापुरमा वाटरथेरापी गरिएको थियो ।
आजको भ्रमण फ्लोअपको लागि भएको सापकोटाले बताए ।
प्रचण्डसँगै छोरी गंगा दाहाल पनि जाने बताइएको छ । यो पटकको सिंगापुर बसाई उपचारमा मात्र सिमित रहने स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्: