Swornakshar Logo

विशेष समितिले प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस

९ असोज ।

काठामाडौं । नाम र राजधानी तोक्न गठित विशेष समितिले प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । प्रदेशकोे नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो ।समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो । यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प्रदेश ७ मा रहेका छन् ।

प्रदेशसभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो ।समितिले नेपाली सेनाको ब्यारेक पनि प्रदेश राजधानी गोदावरी नगरपालिका ४ तेघरी वरपर नै राख्न सिफारिस गरेको छ ।