Swornakshar Logo

बन्दुक अब हिजो जसरी उठ्दैनः मोहन वैद्य

राष्ट्रियता जनजीविकाका समस्या संकटमा परे
९ असोज ।
काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला सुरु भएको छ । कीर्तिपुर केन्द्रीय क्याम्पसस्थित अडिटोरियल हलमा सुरु भएको विशेष राष्ट्रिय भेलाको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले गरेका थिए । उद्घाटन सत्रमा वैद्यले भने,‘ अहिले वाम भन्ने, कम्युनिस्ट भन्नेहरु सरकारमा छन् । समृद्ध नेपाल र सुखी नेपालीको सपना बाँडेका छन् । तर सरकार बनेको ७ महिना यता प्रश्न उठेको छ, के समृद्ध नेपाल सुखी नेपाली सपना पुरा हुन्छ रु’ उनले देशमा भ्रष्टाचारसँगै सामाजिक अपराधका घटना बढ्दा पनि सरकार मुखदर्शक भएको आरोप लगाए । ‘भ्रष्टाचारी, बलात्कार बढेको छ, ठूलो माछा साना माछा भन्ने कुरा उठे तर कसैले कुनै माछा छोप्न सकेको छैन । यसबाटा वाम र कम्युनिस्ट खोल ओडेका उनीहरुको ढोंग उत्रिएको छ ।’ महासचिव वैद्यले भने,‘राष्ट्रियताको कुरा गर्नेहरु सरकारमा छन् । तर नेपालको नक्सा भारतीयले बनाएको देखिएको छ । दार्चुला माथि ३१० किमी भन्दा धैरै भारतमा पारिएको छ । विश्वको उत्कृष्टताको धक्कु लाउनेहरु संविधानमा राख्नुपर्ने नेपालको नक्सा संविधानमा राख्नु पथ्र्यो कि नाई रु भारतले प्राकृतिका साधन स्रोत हडप्दा सरकार चुप लागेर बसेका छन् ।’ उनले राष्ट्रियता, जनजीविकाका समस्या संकटमा परेको बताए । उनले अब राष्ट्रियता र जनजीविकाको निम्ति सबै पक्ष जाग्नुपर्ने बताए । माओवादी आन्दोलनमा गद्दारी महासचिव वैद्यले माओवादी आन्दोलनमा गद्दारी भएको बताए । उनले भने,‘अत्यन्तै विश्वास गरिएकाबाट नै धोका दिए । इतिहासका नायकहरु खलनायक भए । जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्ने साथीहरु घुम्दैफिर्दै रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामा आए । संसदीय व्यवस्थाको लागि यत्रो पसिना, रगत बगाउन आवश्यक थिएन ।’ उनले अहिले क्रान्तिकारीबीच एकता गर्ने अभियान चलिरहेको बताए । महासचिव वैद्यले दक्षिणपन्थीहरू एकातिर भएको बेला अब क्रान्तिकारीबीच पनि एकता आवश्यक रहेको बताए । उनले भने,‘सत्तामा रहेका र यो सत्तालाई नमान्ने जो बाहिर छन् उनीहरुबीच एकता आवश्यक छ र वार्ता पनि भइरहेको छ । विद्रोहको निम्ति एकता आवश्यक छ ।’ महासचिव वैद्यले क्रान्तिका निम्ति फेरी बन्दुक उठाउन जरुरी रहेको बताए । उनले भने,‘केही मान्छेहरु बन्दुक उठाउने कुरा गर्दा डराउने गर्छन् । कोही डराउनु पर्दैन । हिजो कांग्रेस, एमाले र सरकारमा रहेका रहेकाले पनि बन्दुक उठाको हो । यसैले बन्दुक उठाउने कुरा गर्दा डराउनै पर्दैन ।’ बन्दुक हिजो जसरी उठ्दैन । अब हजारौँ लामवद्द भएर नयाँ ढंगले बन्दुक उठ्न ।’ क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले महिला माथि अभद्र व्यवहार हुँदा राजाले डिआजीलार्ई राजीनामा दिन लगाए स्मरण गर्दै भने,‘आज निर्मलाहरु बलात्कृत भएर हत्या गरिँदा खोइ गृहमन्त्रीले राजीनामा दिएको रु खोइ प्रधानमन्त्रीले राजीनामा दिएको रु अहिले माओवादी जनयुद्ध दुई कित्तामा बाँडिएको बताएका उनले एउटा पक्ष ९प्रचण्डहरु० शासक बनेको र अर्को कित्ता चाहिँ सडकमा रहेको बताए ।