Swornakshar Logo

रिहा भएपछि प्रकाण्डले भने ओली धेरै ट्याँट्याँ नगरे हुन्छ

असोज ।
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतको थुनामुक्त गर्न पुनः आदेश दिएसंगै रिहा भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो ।

 

सर्वोच्च अदालतले यसअघि पटक–पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो । थुनामुक्त भएका उनलाई यसपटक भने प्रहरीले पक्राउ गरेको छैन ।

थुनामुक्त हुँदै सर्वोच्च अदालत परिसर बाहिर प्रकाण्डले यो सत्ता भदौमा उम्रेको च्याउको भएको बताए । उनले भने,‘‘यिनीहरुको समय धेरै छैन । हामीसँग बन्दुक छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।’

उनले भने ‘देश र जनताको मुद्दा र मुक्तिको निम्तिकोलागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्रमा पनि आफ्नो पार्टीको क्रान्ति अगाडि बढ्नेछ ।’

उनले भने, ‘जब नेपाली जनताले आफ्नो राज्य सत्ता स्थापना गदैनन्, आफैं शासन सञ्चालन गदैनन् तबसम्म हाम्रो क्रान्ति जारी रहनेछ ।’
नेपालमा क्रान्तिको विरुद्धमा देशी–विदेशी दलालहरु जहिले पनि लाग्ने गरेको उनले बताए ।

प्रचण्डले राम्रोसँग बुझ्नुपर्ने भन्दै उनले जनताको पक्षमा संघर्ष गर्दा हामीलाई ज्यान मुद्दा लगाउने गर्छौं भने प्रचण्डको विरुद्धमा १० हजार नेपाली जनताको हत्या गरेको हत्याराको मुद्दा नेपाली जनताको अदालतमा दर्ता हुने बताए । उनले भने, ‘प्रचण्डले विचार गरेका छन्, यसमा कसरी फेस गर्छौ ।’

त्यस्तै प्रधानमन्त्री ओलीलाई प्रकाण्डले धेरै ट्याँट्याँ नगर्न आग्रह गरेका छन् । उनले भने‘ओलीले धेरै ट्याँट्याँ नगरे हुन्छ । नेपालमा अहिले भएको यो परिवर्तन ओली र ओलीको पार्टीले ल्याएको होइन् । त्यो बेलाको माओवादी पार्टीले ल्याएको हो । हामीले ल्याएको हो ।’