Bagmati Samachar Logo

रास्वपा सभापति रविलाई अमेरिकाका विदेशमन्त्री रुबियोको फोन, विपद्‌मा सहयोग गर्ने वचन

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई नेपालले भोगिरहेको विपद् सम्बन्धमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले टेलिफोनमा कुरा गरेका छन्।

रास्वपाका प्रवक्ता जगदीश खरेलले आज ९सोमबार० दिएको जानकारीअनुसार अमेरकी विदेशमन्त्री रुबियोले सभापति लामिछानेलाई फोन गरी भोटेकोसी बाढीका कारण भएको धनजन क्षतिप्रति दुस्ख व्यक्त गर्दै विपद्‌मा अमेरिका नेपालको साथमा रहेको बताएका हुन्।

‘टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपालका जनता र सरकारसँग ऐक्यबद्धता व्यक्त गर्नुभयो’, प्रवक्ता खरेलले भने, ‘सभापति लामिछानेले नेपाल सरकारले जारी खोज, उद्धार र राहतमा उपलब्ध सबै स्रोत परिचालन गरिरहेको बताउनुभयो। साथै सभापतिले नेपाली नागरिकसँगै नेपाल सबै विदेशी नागरिकको सुरक्षाप्रति पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो।’

यस क्रममा प्रतिनिधसभा सदस्यसमेत रहेका रास्वपा सभापति लामिछानेले सहयोगी भावनाका लागि अमेरिका सरकारप्रति आभार पनि व्यक्त गरे।

जवाफमा अमेरिकाका विदेशमन्त्री रुबियोले भने, ‘अमेरिका नेपाल सरकारलाई थप सहयोग प्रदान गर्न तयार छ।’