त्रिशूली ३ ‘ए’ बाट दुई जनाको उद्धार। एकको स्वास्थ्य सामान्य अर्कालाई काठमाडौँ ल्याइदै
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका दुई जनाको उद्धार भएको छ । उनीहरूको १० दिनपछि शुक्रबार बिहान उद्धार गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले जलविद्युत् आयोजनामा फसेका सञ्जय साह र कबीर महर्जनको उद्धार भएको जानकारी दिए ।
साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा सो आयोजनामा कार्यरत थिए ।
१० भदौमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उनीहरू टनेलमा थुनिएका थिए । निरन्तरको प्रयासपछि उद्धार टोलीले उनीहरूलाई शुक्रबार बिहान उद्धार गरेको हो ।
दुई जनाको जीवितै उद्धारपछि उद्धार टोली उक्त टनेलमा उद्धार कार्यलाई तीव्र बनाएको छ ।
त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ ।
उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ ।

प्रतिक्रिया दिनुहोस्: