त्रिशूली ३ ‘ए’ मा उद्धारको क्रममा भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आयो
काठमाडौं । रसुवा बाढीपछि त्रिशूली ३ ‘ए’ को टनेलमा फसेकाहरूको उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद एवं इन्जियनियर श्रीराम न्यौपानेले भित्रबाट मानिसको आवाज आएको बताएका छन् ।
न्यौपानेले भर्खरै सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उद्धार कार्य जारी रहेको र भित्रबाट एकभन्दा बढी मानिसको आवाज सुनिएको बताएका हुन् ।
‘उद्धार कार्य अझै जारी रहेको छ । भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ’, न्यौपानेले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्: