बेत्रावतीको एकै घरबाट निकालियो २४ शव
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटा घरबाट २४ वटा शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो ।
निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।
मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए ।
१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: