Bagmati Samachar Logo

भोटेकोसी बाढीमा ७५२ जनाको मृत्यु, २५ सय सम्पर्कविहीन

काठमाडौं । भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुगेको छ भने दुई हजार ५०२ जना सम्पर्कविहीन भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार दिउँसो १ बजेसम्म नदी किनारका विभिन्न क्षेत्रमा ७५२ जनाको शव भेटिएको हो। सबैभन्दा बढी चितवनमा २५९ जनाको शव भेटिएको छ।

त्यस्तै, रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा एक सय र तनहुँमा ३६ जनाको शव भेटिएको छ।

बाढीमा दुई हजार ५०२ जना सम्पर्कविहीन भएका छन्। सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन्।