बाढीले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको सेफ खोजी तोडफोड गरी नगद चोरी गर्ने २९ जनालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ। उनीहरुलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरुबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन्


प्रतिक्रिया दिनुहोस्: