Bagmati Samachar Logo

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको अहिलेसम्मको ठूलो हो।

व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया छिन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएकी हुन् । सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रालयमा बुझेका छन् ।

सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन्। राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरकी छिन्। अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले गरेको बस्नेतले जानकारी दिएका छन् ।