Bagmati Samachar Logo

निजी कम्पनीका हेलिकप्टर पनि स्ट्याण्डबाइ राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको बाढीमा राहत र उद्धारका लागि निजी कम्पनीका समेत हेलिकप्टर स्ट्याण्ड बाइ राख्न निर्देशन दिएका छन्।

उनले रसुवाको बाढीमा उद्धार, राहत र खोजीकार्यका सबै हेलिकप्टरहरूलाई स्ट्याण्डबाइ राख्न भनिएको जानकारी दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु स्ट्याण्डबाई राख्न जानकारी गराइएको छ ।’

राहत उद्धारका लागि नेपाली सेना, एपिएफ र नपाल प्रहरी परिचालन गरिएको र अरू जिल्लाबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको प्रधानमन्त्री बालेनले बताएका छन्।

ुउनले लेखेका छन्, ‘विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न भनिएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।’

तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन दिइएको उनले बताएका छन्। साथै एसएमएस कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको उनले बताए।