Bagmati Samachar Logo

रसुवा बाढी : ड्युटीमा खटिएका सशस्त्र प्रहरीका ९ जना सम्पर्कबिहीन

काठमाडौं ।रसुवामा ड्युटीमा गएका ९ जना सशस्त्र प्रहरी सम्पर्कबिहीन भएका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमाण्डको टोली ड्युटीमा खटिएको हो।

अहिले उक्त ९ जनाको टोली सम्पर्कबिहीन भएको उनले बताए।

‘बिओपी टिमुरे सुरक्षित छ। तर टोली ड्युटीमा खटिएको थियो। अहिले सम्पर्कबिहीन छ। संचार सम्पर्क पनि बिच्छेद छ,’ उनले भने।

चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी अहिले भोटेकोशी नदीबाट त्रिशुली हुँदै चितवन पुग्न लागेको उनले बताए।