नेताहरूले रास्वपा छोड्नु सुखद होइन : कविन्द्र बुर्लाकोटी
काठमाडौै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेताहरूले धमाधम पार्टी छोड्नु दुखद भएको बताएका छन् । उनले वैचारिक रूपले एकढिक्का भएर जानुपर्ने समयमा नेताहरू बाहिरिनु राम्रो नभएको र यसबारेमा समीक्षा हुने बताए ।
‘छिट्टै केन्द्रीय समितिको बैठक पनि बस्ने तयारी छ,’ बुर्लाकोटीले भने, ‘यस विषयमा माथिल्लो तहमा गहन छलफल पनि भइरहेको छ ।’
पार्टीका प्रमुख सचेतक रहिसकेका सन्तोष परियारले गत शुक्रबार रास्वपा छोडेका थिए । पूर्व शिक्षामन्त्री रहिसकेकी सुमना श्रेष्ठले त केही समयअघि नै पार्टी छोडेकी छिन् । त्यस्तै पार्टीभित्र पुनर्गठनको आवाज उठाउँदै आएका डा। तोसिमा कार्की, गणेश कार्की, पुकार बमलगायतका नेताहरू पनि नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् ।
यसअघि महामन्त्री मुकुल ढकाल पनि रास्वपाबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: