Bagmati Samachar Logo

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पर्सिदेखि सुरु हुने नेपाल प्रिमियर लिग ९एनपीएल०को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यानले एनपीएलको तयारी पूरा भएको जनाएको छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काले यस वर्ष टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठाउने अनुमान रहेको बताए ।

अहिलेसम्म स्पोन्सरसिपबाट १५ करोड ४० लाख रुपैयाँ, टिमबाट ९ करोड रुपैयाँ र डिजिटल माध्यममा प्रसारणका लागि ओटीटी बिक्रीबाट ५ करोड ३० लाख उठेको क्यानले जनाएको छ ।

गत वर्षबाट सुरु भएको एनपीएल यस वर्ष रातिमा पनि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्यापक परिवर्तन गरिएको छ ।

एनपीएलको उद्घाटन खेल सोमबार दिउँसो ४ बजे साविक बिजेता जनकुपुर बोल्ट्स र काठमाडौं गुर्खाज्बीच हुनेछ ।

एनपीएलमा बिराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनील लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी हुनेछन् ।

प्रतियोगिता आगामी २७ मंसिरसम्म चल्नेछ ।