नहुने चुनावका पछि एमाले लाग्दैन : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् । सुर्खेतमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावका नाममा देशमा थप षड्यन्त्र भइरहेकाले यसको औचित्य नरहेको बताएका छन् ।
‘चुनावका नाममा मुलुकमा षड्यन्त्र भइरहेको छ,’ पोखरेलले भने, ‘देशलाई चुनावको नाम दिएर भइरहेको षड्यन्त्रमाथि प्रहार एमालेले गरिरहेको छ । हुँदै नहुने चुनावका पछाडि एमाले लाग्दैन ।’
उनले जेन(जी आन्दोलनपछि संविधानविपरीत गठन भएको सरकार र प्रतिनिधिसभा विघटन एमालेका लागि मान्य नहुने बताए । २३ र २४ भदौपछि गठन भएको सरकारले लोकतन्त्र कमजोर बनाउन लागिपरेको उनले बताए ।
ुप्रधानमन्त्रीले राजीनामा दिइसकेपछि संविधानभित्रबाट यही संसदबाट निकास खोज्न आग्रह गर्दा पनि संविधानले नचिन्ने सरकार बन्यो । सरकार निर्माण र प्रतिनिधिसभा विघटन संविधानविपरीत छ,ु उनले भने ।
विघटित संसदलाई ब्युँताएर संविधान संशोधनमार्फत विद्यमान राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्न एमालेले चाहेको उनले बताए । उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा सबै राजनीतिक दललाई एक ठाउँमा उभिन आग्रह गरे ।
उनले एमालेका पछिल्ला गतिविधि जनताको मनोबल उठाउन केन्द्रित रहेको बताउँदै आन्दोलन र हिंसालाई अलग राख्नुपर्ने धारणा राखे ।
जेनजीका नाममा ३३ प्रतिशत फेक एकाउन्ट निर्माण गरेर युवाहरूलाई भड्काइएको बताउँदै उक्त आन्दोलन सामान्य प्रतिशोधले सम्भव नहुने उनको दाबी छ । उतिबेला एकतिहाइ प्रायोजित सामाजिक सञ्जालबाट सिङ्गो राष्ट्र जलाउने काम हुनु दुःखद रहेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्: