ताजा अपडेट
राजनीति

जनार्दन शर्मा संरक्षित पार्टीको नाम प्रगतिशिल नागरिक, नेतृत्वमा सबै जेनजी युवाहरु यसमा भएको लागो हटाएर पठाउ

जनार्दन शर्मा संरक्षित पार्टीको नाम प्रगतिशिल नागरिक, नेतृत्वमा सबै जेनजी युवाहरु यसमा भएको लागो हटाएर पठाउ
Black and Beige Minimal Professional Portfolio Presentation - 1

काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा संरक्षित पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएका छन् । शर्मा समूहले निर्वाचनमा दर्ता हुने प्रक्रियामा रहेको प्रगततिशिल नागरिक पार्टीमा नै आफूहरु समावेश हुने तयारी गरेका छन् ।

पूर्वमाओवादी केन्द्रका काठमाडौं महानगर समिति सदस्य सविन सिग्देल अध्यक्ष रहने गरी आयोगमा दर्ताका लागि दिइएको निवेदनमा प्रगतिशील नागरिक पार्टी नाम राखिएको छ ।

यही २१ कात्तिकमा आयोगमा नेपाल जन सेवा पार्टी दल दर्ताका लागि निवेदन दिएका थिए तर नाम जुधेकाले आज नाम परिवर्तन गरेर प्रगतिशील नागरिक पार्टी राखेको सिग्देलले बताए । उनले भने, ‘मेरो नेतृत्वमा २५ सदस्यीय केन्द्रीय समिति छ । हामीले आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका थियौँ । नाम जुधेर आज नाम परिवर्तन गरेका छौँ । पार्टीको नाम ुप्रगतिशील नागरिक पार्टीु राखेका छौँ ।’

आफ्नो पार्टीमा अहिले जनार्दन शर्मा नभएको तर हाम्रो एजेन्डा स्वीकारेमा पार्टी एकता हुन सक्ने सिग्देलले बताए । उनले भने, ‘हामी सबै युवाहरू छौँ । अहिले नै केही भन्न सकिँदैन । हाम्रो एजेन्डा, मुद्दामा उहाँहरू सहमत हुनुभयो भने एकता हुन सक्छ ।’

निर्वाचन चिह्न तीन पात प्रस्ताव गरेको छ । शुक्रबार दलको नाम परिवर्तन गरेर २५ जनाको केन्द्रीय समितिले सनाखत गरेको छ ।

प्रगतिशील नागरिक पार्टीसँग भविष्यमा सहकार्य हुन सक्ने सम्भावना रहेको अनिल शर्माले बताए । उनले भने, ‘भाइहरूले पार्टी दर्ता गरेका छन् । उनीहरूसँग पार्टी एकता भएर सँगै जान सकिन्छ । अहिले नै निर्णय भएको छैन । तर, निर्वाचनसम्म एकता भएर सँगै जान सकिन्छ ।’

तत्कालीन नेकपा (माओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी र अन्य पार्टीहरूबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । उक्त पार्टी बन्ने भएपछि तत्कालीन उपमहासचिव जनार्दन शर्माले उक्त पार्टीमा सहभागी नभएर छुट्टै अभियानको घोषणा गरेका थिए ।

उनले भने, ‘निर्वाचन आयोगमा दर्ता भएको निवेदनमा अधिकांश राजनीतिक पृष्ठभूमिका छौँ । केही साथीहरू पहिलोपटक पार्टीमा जोडिएका छन् ।’

प्रगतिशील नागरिक पार्टीमा अधिकांश पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू छन् । केही अखिल (क्रान्तिकारी) का केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समितिसँगै क्याम्पस समितिमा रहेकाहरू छन् । निर्वाचनको समयमा दुई पार्टी एकता गरेर केन्द्रीय समितिको विवरण अद्यावधिक गर्ने तयारी गरेको बुझिन्छ ।

यी हुन् अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य

१. अध्यक्ष– सविन सिग्देल
२. उपाध्यक्ष– यमुना पुडासैनी
३.उपाध्यक्ष– युगल ढकाल
४. महासचिव– सुरेशप्रकाश केसी
५. सचिव– नवीनकुमार साह
६. सचिव– चन्द्रकला बाँस्तोला
७. सचिव– सुशीला महतो
८. सचिव– शुभेच्छा श्रेष्ठ
९. कोषाध्यक्ष– राधिका नेपाली

सदस्यहरू
१०. शिशिर आदित्य गौतम
११. रोमन पराजुली
१२. रामचन्द्र कार्की
१३. समृद्धि विष्ट
१४. किरण चन्द
१५. सन्ध्या नेपाल
१६. सौरव दवाडी
१७. प्रविणकुमार यादव
१८. युनिक शर्मा
१९. अभय शर्मा
२०. सीता राई
२१.सौम्य श्रेष्ठ
२२. वर्षा पराजुली
२३. कल्पना लामा
२४. दुर्गादेवी न्यौपाने
२५. विशाल गेलाल

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…