Bagmati Samachar Logo

माओवादी छोडेका जनार्दन शर्मा बाबुराम सहित होटल एम्बास्डरमा रास्वपाका नेताहरुसँग छलफलमा

 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ–वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल सुरु भएको छ।

वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि भट्टराईले विभिन्न दलहरुका नेताहरुसँग छलफल थालेका हुन्।

बिहीबार होटल एम्बास्डरमा हालै माओवादी छाडेका जनार्दन शर्मा र सुदन किराती, भट्टराई र रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सहभागी छन्।

जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेका बाबुरामको सचिवालयले जनाएको छ।
बुधबारमात्र यता माओवादी नेकपा एसलगायतका दश दलहरुबीच पार्टी एकता भएको छ । तर शर्मा भने एकतामा आएनन् ।