जनार्दन शर्माले प्रचण्डलाई भने– माधव नेपालसँग आत्मसमर्पण गर्नुभो
काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुस्पकमल दाहाल प्रचण्डले माधव नेपालसग आत्मसमर्पण गरेको आरोप लगाएका छन् । शहीदका बलिदान र तिनलाई विमुख हुने गरी माओवाद विसर्जन गरेर पार्टी एक गर्न लागेका प्रचण्डले जनयुद्धको मर्म भुलेको बताएका छन ।
उनले भने,‘विचार र सिद्धान्त छैन, नेताका गल्ती ढाक्ने गल्ती गरिँदै छ । त्यो भ्रम मात्रै हो । जनअन्दोलनको विरासत बोक्छौँ । यो अभियान व्यापक रूपमा अगाडि बढाउँछौँ ।’
उनले आफूले नेतृत्वको दाबी नगर्ने र नवपुस्तालाई अगाडि बढाउने बताएका छन् । ‘हामीभन्दा पछाडिको पुस्तालाई नेता बनाउने हो । हाम्रो अनुभव दिने । भिन्न दृष्टिकोणबाट पार्टी अगाडि बढाउने हो ।
उनले नेकपा गठनको बेला बृहत् राजनीति एकता गर्ने र समृद्धिको आधार तय गर्ने भएकै हुनाले आफू त्यो पक्षमा उभिए पनि नेताको स्वार्थले कुर्सीका लागि विघटन गरिको बताए ।


प्रतिक्रिया दिनुहोस्: