खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश
काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता भनि चिनिएका खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश जारी गरेको हो ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।
सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: