ताजा अपडेट
राजनीति

प्रचण्डले ओलीलाई लक्षित गर्दै भने– पटक–पटक संसद विघटन गर्नेले नै पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद हो

प्रचण्डले ओलीलाई लक्षित गर्दै भने– पटक–पटक संसद विघटन गर्नेले नै पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद हो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पटक–पटक विघटन गर्नेहरूले नै अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् ।

उनले पार्टी कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो धारणा राखेका हुन् ।

संयोजक ‘प्रचण्ड’ले ओलीलाई लक्षित गर्दै भने, ‘संसद पटक–पटक विघटन गर्नेहरूले नै अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद हो । केपी ओली प्रधानमन्त्री हुँदा संसद विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो । अहिले उनीहरूकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण हो ।’

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…