Bagmati Samachar Logo

महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

सुन प्रकरणा प्रक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामा राख्ने आदेश भएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतमा महराले इन्कारी बयान दिएका थिए । बुधबार थुनछेकको बहस भएको थियो । थुनछेक बहसपछि महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका महराविरुद्ध आज चलेको थुनछेक बहस पछि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा मंगलबार बकपत्र गराएको थियो । हिजो बहस नसकिएपछि उनलाई हिरासतमै फर्काइएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई २६ गते पक्राउ गरेको थियो। सोमबार अभियोगपत्रसाथ प्रहरीले एकै पटक अदालतमा बुझाइएको थियो।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ। उनलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो।