माओवादी भित्रका जेनजीद्धारा पार्टी पहिलो र अब्बल बनाउने अभियान सुरु, २४ घण्टामा हज्जारौं जोडिए
कामठाडौं । माओवादी केन्द्रको जेनजी पुस्ता पार्टी निर्माणमा हस्तक्षेपकारी भूमिकामा सतिसाल बनेर उभिने भएको छ । गुट, फुट र स्वार्थले जनयुद्धको बलिदानीलाई बदनाम गराएको भन्दै हस्तक्षेपकारी भूमिकामा उभिएका छन् । पूर्व जनमुक्ति सेनाको छोरी समेत रहेकी अखिल क्रान्तिकारीकी नेतृ स्मृति तिमल्सिनाले यसको नेतृत्व लिएकीछिन् ।
उनले ७७ वटै जिल्लाबाट माओवादी पुनर्जागरण अभियान थालेकी हुन । जुन यतिबेला निकै सफल र प्रभावकारी बनिरहेको छ । उनले यस अभियान प्रचण्डको विकल्प नखोज्ने र नेतृत्वसँगै जेनजी पुस्ता अगाडि बढ्ने पनि प्रण गरिन ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जेनजीले उठाएको माग र मुद्दा माओवादीको हुने, देश माओवादीको बलिदानीले स्थापित मान्यतामा अगाडि बढ्ने तर माओवादी किन सधै कमजोर भएको भनेर यस प्रश्नको उत्तर खोज्न सिंगो देश तथा विदेशमा छरिएका माओवादीलाई एकीकृत गराएर अगाडि बढ्ने भनेकी छन ।
१० वर्षको भीषण जनयुद्धमा हजारौँको बलिदान भयो, हज्जारौँ घाइते तथा अपाङ्ग छन । उनीहरूले पसिना , त्याग तपस्या र बलिदान बाट ल्याएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त किन हाइज्याक भयो भन्ने प्रश्नको पनि खोजी गर्ने बताइन ।
नेताहरू पटक पटक सत्तामा पुग्ने आफ्ना आफन्त र आसेपासे मात्र हेर्ने, गुट र स्वार्थ समूह बनाएर बार्गेनिङ मात्र गर्नाले माओवादी कमजोर बनेको उनको ठहर छ ।
स्मृतिले आफ्नो फेसबुकमा लेखेकी छन( म एक्लै हौंला फिक्कर छैन, बरू बीचमै मरौंला त्यसको पनि प्रवाह भएन तर अब माओवादी लथालिङ्ग हुन दिन्न । सुतेको माओवादी अब जाग्छ, उठ्छ, कुद्छ । नयाँ नेपाल निर्माणमा विना मोलाहिजा अगाडि बढ्छ । म हाम्रा अभिभावकको खुनको बलिदान मेट्न दिन्न । मरेतुल्य भएर टुलुटुलु हेरेर बस्दिन । यो मेरो बाँचा र कसम भयो ।
यसरी थालेकी अभियानमा अहिले उसको पक्षमा २४ घण्टा बित्न नपाउँदै हज्जारौंले साथ र समर्थन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्: