ताजा अपडेट
राजनीति

लक्ष्मण पन्तले बैठकमा सोधे ? प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्याग कुन स्रोतबाट किनेको हो ?

लक्ष्मण पन्तले बैठकमा सोधे ? प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्याग कुन स्रोतबाट किनेको हो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउने गरेको ६४ लाखको रोलेक्स घडी र छोरी गंगा दाहालले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोत के हो भन्दै प्रश्न उठेको छ ।

प्रचण्डले लगाउने महँगो घडी र उनकी छोरी गंगा दाहालले बोक्ने गरेको विलासी ब्याग कहाँबाट कुन आयस्रोतबाट खरिद गरेको हो भन्द केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले बैठक कुरा उठाएका छन् ।

नेता पन्तले पार्टीभित्रैबाट भ्रष्टाचारविरुद्धको संघर्ष थाल्नुपर्ने भन्दै पेस गरेको प्रस्तावमा यदि मिडियामा आएका समाचार गलत हुन् भने समाचार प्रकाशन गर्ने मिडिया र यसबारे संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध समेत मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिए।

उनले प्रश्न गर्दै भनेका छन्, ‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी लगाउने गरेको र गंगा दाहालको २८ लाखको लुई भिटन ब्याग बोकेको कुरा सार्वजनिक हुँदै आएको छ । एक पटक होइन पटक पटक मीडियामा आएको छ । सांसद सुनील शर्माले संसदमा उठाउनु भएको छ । झुटा हो भने मिििडया र शर्मा विरुद्ध मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौं। होइन भने यसको जवाफ चाहिन्छ ।’

पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्क गरेका छन्।

२०६५ मा हाम्रो पहिलो सरकारको कार्यकालमा क. कृष्ण बहादुर महरा सञ्चारमन्त्री हुँदा अजय सुमार्गीको हेलो नेपाल टेलिकमलाई लाइसेन्स र नवीकरण शुल्क बापत्मात्र ४९ लाख ५० हजार तिराइयो जबकि नेपाल टेलिकाम र एनसेल प्रत्येक टेलिकम कम्पनीबाट लाइसेन्स र नवीकरण शुल्क बापत २०–२० अर्बको रकम तिरे । यसबाट अजय सुमार्गीको कम्पनीलाई १९ अर्ब ९९ करोड ५० लाख प्रत्यक्ष फाइदा पुगेको देखिन आएकाले यसबारेमा पनि छानबिन गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…