ओखलढुंगाको मोलुङ ५ मा एमालेका गंगाबहादुर विजयी

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्।
एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१, माओवादीका मानबहादुर सुनुवारले २३ मत पाए।
वडामा १३२५ मतदाता रहेकामा ७६८ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस्: