आज उपनिर्वाचन, ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । ४१ पदका लागि बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण तरिकाले मतदान भइरहेको छ । मतदान हुने स्थानीय तहमा सार्वजनिक विदाको लागि सिफारिस गरिएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर र दुई वडा अध्यक्षका लागि बिहानैदेखि मतदान सुरु भएको हो ।
त्यसैगरी मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ ।
ग्रामथानमा १२ मतदानस्थलका २९ मतदान केन्द्रमा मतदान शुरू भएको छ । ग्रामगानमा २६ हजार ४४ मतदाता छन् ।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनमा पनि मतदान सुरु भएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालाहरु लागि परेका छन् ।
प्रतिक्रिया दिनुहोस्: