धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि उनी विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य थिए । गत २० पुसदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।
बोर्ड अध्यक्षमा सिफारिस समितिले आइतबार सन्तोषनारायणसँगै मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: