प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गते छिमेकी देश चीनको भ्रमणमा जान लागेको बताए । उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताए । उनले भने, ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ ।’
आफ्नो चीन भ्रमण उपलब्धि हुने भन्दै उनले भने, ‘देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’
प्रतिक्रिया दिनुहोस्: