Bagmati Samachar Logo

०८४ को चुनावसम्म अहिलेकै सत्ता समीकरणः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म वर्तमान सत्ता समीकरण कायमै रहिरहने दाबी गरेका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सत्ता समिकरण तलमाथि नहुने दाबी गरे । उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरे

‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्।’ प्रधानमन्त्री ओलीले भने, ।

तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ’, प्रधानमन्त्री ओलीले भने । भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्न आग्रह गर्दै उनले आफूले सरकार छोड्ने र देउवा प्रधानमन्त्री हुने समय पनि तोके । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने ।