काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । सरकारले सार्वजनिक विदा दिएका कारण सेयर बजार पनि बन्द हुने भएको हो । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले बिदा दिएकाले आज धितोपत्रको कारोबार नहुने भएको हो ।
मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख ढुंगानाको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो् । सरकारले निर्णयका कारण धितोपत्र कारोबार पनि स्थगन हुने भन्दै नेपाल स्टक एक्सचेन्जले सूचना जारी गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…