Bagmati Samachar Logo

नेप्से २५०० माथि

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलब ८० प्रतिशत अर्थात ४४ दशमलब ४५ अंकले बढेर २ हजार ५०८ दशमलब ८६ विन्दुमा पुगेको छ ।
बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १।४४ प्रतिशतले बढेर ४५१।३४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ९७ लाख १७ हजार ९५६ कित्ता सेयर ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४ दशमलब १९ प्रतिशतले बढेर २ हजार ८ सय २६ दशमलब ०२ विन्दुमा पुग्यो ।

यस्तै आज विकास बैंक समूह १ दशमलब १८ प्रतिशत,विकास बैंक १ दशमलब ९३,होटल ३ दशमलब२८,हाईड्रो १ दशमलब २२,लगानी २ दशमलब ४५,जीवन बीमा १ दशमलब७८,उत्पादन तथा प्रशोधन ३ दशमलब ८३,लघुवित्त १ दशमलब ८५,निर्जीवन बीमा ० दशमलब ७१,अन्य २ दशमलब ३७ र व्यापार समूह १ दशमलब ५२ प्रतिशतले बढ्यो ।