फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा तीन लेखकलाई सम्मान
भक्तपुर । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान तीन लेखकलाई सम्मान गरेको छ । भक्तपुरमा एक कार्यक्रम गर्दै प्रतिष्ठानले तीन कृतिका स्रष्टालाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरेको हो ।
प्रतिष्ठानले शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरेको जनाएको छ। स्रष्टाहरुलाई प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्दै नेपाली समाज र परिवेशेको प्रतिनिधित्व गर्दै नेपाली साहित्य अगाडि बढ्नुपर्ने बताए।
पुरस्कार ग्रहणपछि स्रष्टा अभय श्रेष्ठले कृति र स्रष्टाको मूल्याङ्कन गर्दै यस प्रकारले पुरस्कार र सम्मान गर्दा नेपाली साहित्यको विकास ठूलो टेवा पुग्ने बताए। कार्यक्रममा मोहन आचार्य, प्राज्ञ हेमनाथ पौडेल र रमेश शुभेच्छुकले उत्कृष्ट कृति र सम्मानित व्यक्तित्वका विषयमा चर्चा गरेका थिए।
कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष राममणि ढुङगेलले हरेक वर्ष विभिन्न श्रष्टा र साहित्यकारहरुलाई प्रदान गर्दै आएको पुरस्कार र सम्मानले साहित्यको विकाससंगै लेखकहरुमा थप उत्साह पुग्ने बताए। सोही दिन गरिएको कार्यक्रममा जनमत भक्तपुर विशेषाङ्कको पनि विमोचन गरिएको थियो ।
भक्तपुरका साहित्यकार र उनीहरुको सृजनालाई समेटेर प्रकाशन गरिएको साहित्यिक पत्रिका जनमतको भक्तपुर विशेषाङ्क सार्वजनिक गरिएको थियो।
साहित्यकार प्रा. डा. हेमनाथ पौडेल, प्रतिष्ठानका अध्यक्षन एवं जनमत भक्तपुर विशेषाङ्कका अध्धयक्ष राममणि ढुङ्गेल, कथाकार धनमान श्रेष्ठ, जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाललगायतले जनमत भक्तपुर विशेषाङ्क सार्वजनिक गरे।
कार्यक्रममा स्रष्टाहरुले जनमत साहित्यिक पत्रिकाले देशभरका साहित्य एवं रचनालाई सङ्कलन गर्दै पाठकसम्म पुर्याउने भूमिका निर्वाह गर्दै आएको चर्चा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्: