ताजा अपडेट
अपराध

काठमाडौंमा नाबालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौंमा नाबालिका बलात्कार गरेको  आरोपमा एकजना पक्राउ

काठमाडौं। काठमाडौंमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं १४, कुलेश्वरमा घरेलु कामदारका रूपमा राखिएकी नाबालिकालाई जबरजस्ती करणी गरेको पाइएको छ । तर पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन ।

प्रहरी वृत्त, कालीमाटीका अनुसार, घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई उद्धार गरिएको छ भने ती व्यक्तिलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ भइरहेको छ ।

प्रहरी स्रोतले भन्यो, ‘अहिले बालिकालाई उद्धार गरिएको हो, उहाँबारे सोधपुछ भइरहेको छ ।
प्रहरीका अनुसार, काठमाडौं महानगरपालिकाले राजधानीका विद्यालयहरुमा चलाएको बालश्रम विरुद्धको अभियानका क्रममा पीडित बालिकाले महानगरका कर्मचारीलाई हिंसा भइरहेको बारे बताएकी थिइन् ।

काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयका सदस्य धिरज जोशीका अनुसार, त्यसक्रममा महानगरले प्रहरीसँग समन्वय गरेर बालिकालाई उद्धार गरेको हो ।

 

‘महानगरको अभियान अन्तर्गत जानकारी आएपछि बाल हेल्पलाइन, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमनका क्रममा उद्धार गरिएको हो’ जोशीले भने, ‘त्यसक्रममा निवासबाट ५४ वर्षीय पुरुषलाई पनि नियन्त्रणमा लिइएको हो ।’

प्रहरीका अनुसार, ती बालिका ६ वर्षदेखि उक्त घरमा घरेलु कामदारको रूपमा बस्दै आएकी थिइन् । उनलाई पढाइदिने शर्तमा काभ्रेको विकट गाउँबाट ल्याएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…