नैतिकतामाथि प्रश्न उठेका र आर्थिक अपचलनमा मुछिएकालाई पार्टीमा कुनै ठाउँ छैन : ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा नैतिकतामाथि प्रश्न उठेर प्रमाणित भएका र आर्थिक अपचलन गरेकाहरुलाई पार्टीमा कुनै ठाउँ नहुने बताएका छन् ।
जारी पोलिटब्युरोको बैठकमा सदस्यहरुले केहि नेताहरुमाथि नैतिक रुपमा प्रश्न उठ्दा पनि छानबिन नभएको, कुनै प्रक्रियामा नगएको जसकाकारण पार्टीलाई बदनाम गरेको र नैतिक रुपमा समाजमा पनि समस्या भएको धारणा राखेका एक पोलिटब्युरो सदस्यले बताए । पटक पटक आचरणका कुरा पार्टी भित्रमात्र होइन आम रुपमा नै चर्चाको विषय बन्दा पार्टीमा समस्या आएकाले यसबारेमा ठोस निर्णय गर्नु पर्ने धारण बोल्ने अधिकांस सदस्यले राखेका एक पोलिटब्युरो सदस्यले बताए ।
ती सदस्यले भने,‘बैठकमा नामै त कसैको लिएनन् तर पछिल्लो समयमा नैतिकतामाथि प्रश्न उठेका कमरेडका बारेमा ठोस निर्णय हुनु पर्ने धारणा राखेका थिए ।’
एमालेमा नैतिकतामाथि प्रश्न उठेकामा कर्णालीका पार्टी अध्यक्ष गुलाबजंग शाह, केन्द्रीय सदस्य ऐन महर, पोलिटब्युरो सदस्य महेश बस्नेत, मोहन बाँनिया पछिल्लो समयमा चर्चामा रहेका व्यक्ति हुन् ।
पार्टीको जारी पोलिटब्युरो बैठकमा बुधबार नेताहरुले उठाएका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री ओलीले पार्टीको नितिको पक्षमा ,दृष्टिकोणको पक्षमा उभिनु पर्छ । यदि कसैले निति,विधि र दृष्टिकोणका विरुद्ध जान्छ भने त्यसलाई पार्टीमा कुनै ठाउँ नहुने निर्देशन दिएको एक पोलिटब्युरो सदस्यले बताए । ती सदस्यले अध्यक्ष ओलीको भनाइ भन्दै भने,‘पार्टीमा नैतिकता गुमाए, आर्थिक अपचलन गरेको प्रमाणीत भएकाहरुलाई कुनै स्थान हुने छैन । पार्टीमा बस्ने हो भने यस्ता गतिविधि सह्य हुदैनन् । नैतिकहीन, चरित्रहीन, आचरणहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन ।’
ओलीले पछिल्लो समयमा क्षेत्रीय, जातिय द्धन्द्ध भड्काउने प्रयास भइरहेकाले त्यसको विरुद्धमा परिवर्तनको लागि लडेकाहरु एक हुनु पर्ने बताएका छन् । उनले अहिलेको व्यवस्था उत्तम व्यवस्था हो यसलाई उल्टाएर राजा ल्याउनु पर्छ भन्ने कुुुरा कुनै पनि हालतमा स्वीकार्य नहुने धारणा राखेका तामाङले बताए ।
‘गणतन्त्र सबै भन्दा उत्तम व्यवस्था हो । यसलाई उल्ट्याउने कुरा कदापि पनि स्वीकार्य हुदैन । आजको युगमा निरंकुश, पारिवारिक, जन्मसिद्ध श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था चाहिदैन , जनतालाई रैति बनाउने व्यवस्था स्वीकार्य छैन ,’ ओलीको भनाइ थियो ।
बैठका तीनै तहका सरकारले सोचे जस्तो काम नगरेको धारण पनि राखेका तामाङले बताए । उनले भने,‘बैठकमा साथिहरुले तीन तहका सरकारमा एमाले छ तर काम राम्रो भएन । जनतामा निरासा छ । काम राम्रो गर्नु पर्छ । सरकारमा जाने र नजानेबीच विभेद छ । यसलाई हल गर्नु पर्छ ।’
यो व्यवस्था लडेर ल्याएको हो । यो व्यवस्था ल्याउन धेरैले जीवनको आहुति दिएका छन् । हामीलहरुले जेलनेल भोगेर आएका ओलीले बैठकमा बताएका छन् । कतिपयले दलहरू असफल भए राजा चाहिन्छ भन्ने प्रचार गरिरहेकाले एमालेले त्यसप्रति सचेत हुदै यो व्यवस्थाको रक्षा गर्नु पर्ने बताएका शेरबहादुर तामाङले बताए ।
महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको ’निर्णायक राष्ट्रिय शक्तिका लागि वार्षिक कार्ययोजना’ माथि ५५ जना सदस्यहरूले आआफ्ना धारणा राखेका थिए ।
बैठकमा पोलिटब्युरो सदस्यहरुले राखेका सुझावहरू समेटेर कार्ययोजनालाई अन्तिम रूप दिन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको तामाङले बताए ।
धारणा राख्ने सदस्यमध्ये केहिले वामपन्थीबीच सहकार्यको सम्भावनाबारे पनि धारणा माग गरेका थिए । तर अध्यक्ष ओलीले कसैसँग पनि सहकार्य नहुने र स्थानीय तहको उपनिर्वाचन र आउदो २०८४को निर्वाचन एमालेले आफ्नौ शक्तिमा लड्ने बताएका छन् ।
ओलीले सरकार काम गरीरहेको, आर्थिक सुधार भइरहेको । यो एक दिनमा हलन हुने विषय नभएकाले समय लाग्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: