Bagmati Samachar Logo

प्रधानमन्त्री ओली विरुद्ध अनफलो अभियान निरन्तर जारी , अहिलेसम्म ५६ हजारले गरे अनफलो

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा अनफलो अभियान सुरु भएको छ । प्रधानमन्त्री ओलीको भेरीफाइड फेसबुक एकाउन्ट आज (मंगलबार) दिउसोबाट अनफलो अभियान चलेको छ । ओलीको भेरीफाइड एकाउन्ट केपी शर्मा ओली एकाउन्टमा ५देखि १० मिनेमाट एक हजारको दरले अनफलो भइरहेको छ ।

बालेन विरुद्ध एमाले संगठित रुपमा लागेपछि ओलीको फलोरर्स घटाउने अभियान पनि संगठित रुपमा नै चलिरहेको छ । अहिलेसम्म ६ लाख ६८ हजार फलोर्सबाट घटेर ६ लाख १३ हजार पुगेका छन् । यो क्रम निरन्तर जारी रहेको छ ।

आज बिहान सोमबार लेखेको काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको फेसबुकमा लेखेको स्टाटसलाई लिएर एमाले र उ निकट अखिलले फेसबुकमा रिपोर्ट गरेपछि स्टाटस हटाएको बालेनले जानकारी दिएका छन् ।
१६ भदौमा साहले नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जाल मार्फत दबाब दिएका थिए। १६ गते साँझ मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै आपत्ति जनाएका थिए।

सांसद शर्माको फोटोसहित उनले लेखेका छन् , ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ । सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’

साहको उक्त स्टाटस फेसबुकले हटाएपछि एमाले कार्यकर्ताले फेरी साहले नै स्टाटस हटाएको हल्ला चलाए ।

एमाले कार्यकर्ताले स्टाटस हटाएको हल्ला चलाएपछि मंगलबार दिउसो साहले फेरी अर्को स्टाटस लेखेर स्टाटस आफूले नहटाएको भन्दै आक्रोस पोखेका छन् ।
बालेनले स्टाटस लेख्दै भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार

साहले सरकारले नै आफूले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस उडाएको संकेत गरेका छन् । मंगलबार उनले सरकारले आफ्नो स्टाटस उडाएको संकेत गर्दै पोस्ट उडाउने नभई दोषी समान आग्रह गरेका हुन् ।

त्यसपछि उनले आक्रोश पोख्दै लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’