Bagmati Samachar Logo

साना कामबाट पनि जनतालाई खुसी दिन सकिन्छ तर हामी गर्दैनौ 

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीले साना साना काम पनि सरकारले गर्न नसकेकोमा दुःख प्रकट गरेका छन् । प्रतिनिधिसभा संसदमा बोल्दै सांसद भण्डारीले काम गर्ने भन्दा पनि कुरा मात्रै गरेर समय बिताएको बताएका छन् । चुनाब जिते पछि नेता भइन्छ भन्ने भावनाले नेताहरुले काम गरेको उनको भनाइ छ ।

चुनाब जितेर मात्रै नेता हुने भएको भए समस्या समाधान किन नभएको भनी प्रश्न गरे । नेताहरुमा इच्छाशक्ति, योजना र कार्यक्षमता नभएको कारण देश पछि परेको उनको भनाइ थियो । पैसाको समस्या छ भनेको छ तर खरबौ रकम बैंकमा पैसा थन्किएको छ बिग्रिएको हामी कहाँ हो उनको प्रश्न थियो ।

निर्माण व्यवसायीहरुले आफ्नो भुक्तानी नपाएको गुनासो गरिरहेको भन्दै सरकारले उनीहरुको समस्या समाधान गर्न नसकेको बताए ।

सत्ता सञ्चालकहरुले अर्थशास्त्र नबुझेको भन्दै उनीहरुमा कार्यक्षमता नै नभएको हो कि भन्ने आंशका गरे । नेताहरु आफैमा अंहकार बोकेर हिडेकाले उनीहरु अरुका कुरा सुन्न नसकेको आरोप लगाए ।

जनताका समस्या, गुनासा साना भए पनि हामीले कहिल्यै ध्यान दिएनौ उनको भनाइ थियो । कमिशन आउने, सेटिंगमा भाग पाउनेतिर मात्रै ध्यान गएको उनको भनाइ थियो ।

डाक्टर भण्डारीले कुनै पनि सरकारसँग काम गर्ने इच्छाशक्ति नभएकै कारण जनताले दुःख पाइरहेको बताए । दैनिक करोडौ घाटा व्यहोरिरहेको जहाज ग्राउण्डेड भएको नदेख्ने, तर एनसेलको लाइसेन्स नविकरण गर्न हतार गर्ने भन्दै सरकार नाटक गरिरहेको आरोप लगाए ।