Bagmati Samachar Logo

हेटौंडाको होटलमा युवती हत्या , हत्यारा फरार

हेटौंडा । हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा एक युवतीको शव फेला परेको छ । युवतीको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । युवती हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ । उनको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको थियो । आइतबार अपरान्ह ४ बजेतिर उनी त्यस होटलमा एक युवकसहित पुगेको बताइएको छ ।

न्यौपानेसँगै आएका युवक भने बेलुका ८ बजेतिर नै कोठाबाट भागेका थिए । युवकले युवतीलाई २ वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ । सोमबार बिहान अबेरसम्म पनि उक्त कोठा नखुलेपछि होटलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् ।

युवकको पहिचान भने खुल्न सकेको छैन । होटलमा युवकले आफ्नो नाम र मोबाइल नम्बर गलत लेखाएको देखिन आएको प्रहरीले जनाएको छ ।