सेयर बजारमा भारी गिरावट
काठमाडौं । सेयर बजारमा साताको पहिलो दिनको कारोबारमा उच्च गिरावट आएको छ । आइतबार ७९.८८ अंकले बजार घटेको छ । यो सँगै नेप्से २९०० मुनि आएर २८९४ मा बन्द भएको छ ।
माइक्रोफाइनान्स बाहेक आज सबै सेक्टरमा गिरावट आएको छ । पछिल्लोसमय ३००० को विन्दुलाई प्रतिरोध मानिरहेको बजामा आइतबार भारी अंकको गिरावट आएको हो ।
आइतबारको कारोबारमा १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ
प्रतिक्रिया दिनुहोस्: