नदीमा खसेको गाडी भेटियो, मान्छे भेटिएनन्
काठमाडौं । शनिबार साँझ सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ । गाडीमा सवार मान्छेको भने अवस्था अज्ञात छ । उनीहरुको खोजी कार्य जारी छ ।
खोटाङबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।
उक्त गाडीमा सवार ३ जना अहिलेसम्म बेपत्ता छन् भने एकजना हिजो हाम फालेर बच्न सफल भएका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।
हाम फालेर बच्न सफल सुशान्त कक्षपतिको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । उनको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्: