संगीत उद्योग संघको कार्यालयमा प्रहरीको छापा
काठमाडौं ।
नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
बुधबार दिउँसो प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको अनामनगरमा रहेको नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको हो ।
प्रहरीले संघको कार्यालयबाट कम्युटर र केही कागजात बरामद गरेको ब्युरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिए । नक्कली कागजात बनाएर मान्छे विदेश पठाउने गरेको उजुरी परेपछि ब्युरोको टोलीले छापा मागेर अनुसन्धानका लागि कम्युटर र कागजात बरामद गरेको एसएसपी रानाले बताए ।
नक्कली कागजात बनाएर मान्छे विदेश पठाउने गरेको उजुरी परेकाले अनुसन्धान अघि बढाएका हौँ, एसएसपी रानाले भने ।

प्रतिक्रिया दिनुहोस्: