Bagmati Samachar Logo

मधेसका मुख्यमन्त्रीलाई सोध्यो उनकै पार्टीले स्पष्टीकरण

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई उनकै दल जनमतले स्पष्टीकरण सोधेको छ। पार्टी निर्देशन विपरित काम गरेको भन्दै जनमत पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो ।

मुख्यमन्त्री सिंहलाई शुक्रबार स्पष्टीकरण सोधिएको उक्त पार्टीले जानकारी दिएको छ ।
मुख्यमन्त्री सिंहले एकलौटी निर्णय गरेको पार्टी नेता तथा कार्यकताबाटै गुनासो बढ्न थालेपछि स्पष्टीकरण सोधिएको जनमत पार्टीले बताएको छ ।
गत साउन २२ गते ५ जना राज्यमन्त्री थपेका सिंहको क्याबिनेटमा अहिले २० सदस्य छन्। आफूखुसी क्याबिनेट विस्तार भएपछि पार्टीभित्रबाटै असन्तुष्टि बढेको थियो।