ताजा अपडेट
राजनीति

भ्रष्टाचार नगरेको कुरा अदालतमात्र होइन चित्रगुप्तका अगाडि पनि जबाफ दिन तयार छु : ओली

भ्रष्टाचार नगरेको कुरा अदालतमात्र होइन चित्रगुप्तका अगाडि पनि जबाफ दिन तयार छु :  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिन्दगीमा भ्रष्टाचार नगरेको दाबी गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार बोल्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको र नसहेको दाबी गरेका छन् ।

‘जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, भ्रष्टाचार सहिन पनि,’ उनले भने, ‘मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो। यो धर्तीका अदालतमा मात्र होइन कि चित्रगुप्तका अगाडि पनि जबाफ दिन तयार छु।’

प्रधानमन्त्री ओलीले आफूलाई धन आर्जन गर्न नपर्ने पनि बताए।

राज्यको सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउन आवश्यक पनि नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…