Bagmati Samachar Logo

दश सदस्यीय बन्यो सुदूरपश्चिम मन्त्रिपरिषद, नाउपापनि सरकारमा सामेल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा सोमबार दिउँसो सात जना मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँबाट र तीन राज्यमन्त्रीहरूले मुख्यमन्त्री कमलबहादुर शाहबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री शाहले विस्तार गरेको मन्त्री मण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका हीरा सार्की, सामाजिक विकास मन्त्री मेघराज खडका, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा रहेका छन् । यस्तै राज्यमन्त्रीमा सरस्वती खड्का, प्रकाशबहादुर बम र निर्मला साउद रहेका छन् ।