नेकपा एसले महाधिवेशनको एक महिना पछि ३ सय ४४ जनाको केन्द्रीय कमिटी बनायो (सूचिसहित)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाविधेशन भएको एक महिनापछि ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरूलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रीय कमिटी बनाएको हो ।
पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो ।
आज बसेको बैठकले केन्द्रीय सदस्यहरूको संख्या बढाएर ३ सय ४४ जना पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘हामीले ९३ जनाको नाम यसअघि नै सुनासकेका छौँ । अहिले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्द्रीय कमिटीका सदस्यहरूको शपथग्रहण समारोह राखिनेछ । त्यसपछाडि हामी पदाधिकारीहरू छनोट गर्नेछौँ । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ ।
३ सय ४४ जनाको केन्द्रीय कमिटी बन्दा पनि सासद प्रेम आलेको नाम भने छैन ।

प्रतिक्रिया दिनुहोस्: