ओली सरकारमा तीन राज्यमन्त्री थपिए
काठमाडांैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन जना राज्यमन्त्री थपेर मन्त्रीमण्डल विस्तार गरेका छन् । राज्यमन्त्री लिएर नागरिक उन्मुक्ति पार्टी संघीय सरकारमा सहभागी भएको छ । नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री नियुक्त भएका छन् ।
यस्तै कांग्रेसका रुपा बिक वन राज्यमन्त्री र पूर्णबहादुर तामाङ ९कान्छाराम० ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शुक्रबार राज्यमन्त्री नियुक्त गरी कार्यविभाजनसमेत गरेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले शुक्रबारै पद तथा गोपनीयताको शपथ गराउने छन् । बिक ओली सरकारमा एक जना मात्र दलित समुदायबाट मन्त्री भएकी छिन् ।
तीन जना राज्यमन्त्री थपिएसँगै ओली मन्त्रीमण्डल २५ सदस्यीय भएको छ । संघमा मन्त्रीमण्डल सदस्यको संख्या योभन्दा बढाउन संविधानले बन्देज गरेको छ ।


प्रतिक्रिया दिनुहोस्: